जनउत्थान लघुवित्तमा राेजगारीकाे अवसर


Click here to join Gyanmandu.com's Viber Community

ज्ञानमाण्डू। समावेशी वित्तीय प्रणालीको निर्माण गर्ने अभियान अनुरुप सामुदायिक बैंकिङ संचालन तथा प्रवर्द्धन गर्नका लागि स्थापित नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको वित्तीय संस्था पूर्वको पर्सा देखि कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्ला र पहाडी ८ वटा जिल्ला गरी जम्मा १९ जिल्ला कार्यक्षेत्र रहेको यस वित्तीय संस्थाको केन्द्रीय कार्यालय बुटवल, रुपन्देहीमा रहेको छ । वित्तीय संस्थाको कर्मचारी सेवा विनियमावली, २०७३ को परिच्छेद-२ को विनियम १३ मा उल्लेखित व्यवस्था अनुसार आवश्यक कर्मचारी पदपूर्तिका लागि देहाय बमोजिमको योग्यता पुगेका ईच्छुक नेपाली नागरिकले यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध) दिन भित्र तोकिएको ठेगानामा आवेदन दिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । नायव कार्यकारी प्रमुख पदका लागि मिति २०७४/२/५ गते प्रकाशित विज्ञापनमा परेका दरखास्तहरुलाई समेत छनौट प्रक्रियामा समावेश गराउने गरी पुन: यो सूचना प्रकाशित गरिएको छ ।

Click here to join Gyanmandu.com's Viber Community

विज्ञापन नं. : १/२०७८/०७९

पद : नायव कार्यकारी प्रमुख

श्रेणी : व्यवस्थापकीय

संख्या :  १ जना

आवश्यक न्यूनत्तम शैक्षिक योग्यता/कार्यअनुभव : स्नातकोत्तर तह उत्तीर्ण गरी सामुदायिक बैंकिङसँग सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच  वर्षको कार्य अनुभव वा स्नातक तह उत्तीर्ण गरी सामुदायिक बैंकिङसँग सम्बन्धित क्षेत्रमा कम्तीमा सात वर्षको कार्य अनुभव।   (ब्यवस्थापन, बैंकिङ, वित्तीय, मौदिक,  अर्थशास्त्र, चार्टड एकाउन्टस विषयमा  उत्तीणलाई विशेष प्राथमिकता दिइनेछ)

उमेर : २१ बर्ष पुरा भई ५० बर्ष ननाघेको

परीक्षाको किसिम : छलफल, अर्न्तवार्ता तथा प्रस्तुतीकरण (आवश्यक देखिएमा लिखीत परिक्षा समेत)

दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरुः रितपूर्वक भरिएको संस्थाको दरखास्त आवेदन फाराम, व्यक्तिगत विवरण (बायोडाटा), नेपाली नागकिताको प्रमाण-पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण-पत्रको प्रतिलिपि, कार्यअनुभव तथा तालिमका प्रमाण-पत्रहरुको प्रतिलिपि, सवारी साधन चालक अनुमति पत्रको प्रतिलिपि (भएमा), हालसालै खिचेको पासपोर्ट साइजको फोटो १ प्रति ।

Click here to join Gyanmandu.com's Viber Community

दरखास्त फारमः यस वित्तीय संस्थाको वेभसाइट www.jucbank.com.np मार्फत डाउनलोड गर्न सकिनेछ । 

आवेदन बुझाउने ठाउँ: संस्थाको केन्द्रीय कार्यालय बुटवल-१२, कालिकानगर, रुपन्देही तथा सम्पूर्ण शाखा कार्यालयहरु वा E-mail Address: [email protected] मा समेत पठाउन सकिने छ । प्राप्त दरखास्तहरु कारण खोली वा नखोली कुनै वा सबै, अस्वीकृत गर्न सक्ने अधिकार वित्तीय संस्थामा सुरक्षित रहनेछ । 

(नोटः रितपूर्वक परेका दरखास्त मध्ये छनौट सूचीमा परेका उम्मेद्वारहरुलाई मात्र छलफल तथा अन्तवार्तामा बोलाईनेछ । आवश्यक देखिएमा अन्तवार्ता हुँदा, लिखित परीक्षा समेत गर्न सकिनेछ ।)

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड  

केन्द्रीय कार्यालयः बुटवल-१२, कालिकानगरचोक, रुपन्देही 

फोन नं. : ०७१-४३८१७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x