
ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२ दशमलव ७३ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ०४ अंकले घटेर ५२८ दशमलव ४१ को विन्दुमा पुगेको छ ।

आज कूल २२४ कम्पनीका १ करोड ०० लाख ६३ हजार ६३६ कित्ता शेयर रु ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह १३२ दशमलव २ अङ्कले बढ्दा उत्पादन उपसमूह २३१ दशमलव ७४ अङ्कले, अन्य उपसमूह ८.७१ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव ०६ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ५९ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह ७ दशमलव ०२ अङ्कले घट्दा होटल तथा पर्यटन उपसमूह ५९ अङ्कले, विकास बैंक उपसमूह १०२.४२ अङ्कले, जलविद्युत ५३.६९ अङ्कले, वित्त उपसमूह ५७.०६ अङ्कले, निर्जीवन बीमा १५६.६२ अङ्कले, लघुवित्त उपसमूह ३४.१८ अङ्कले र जीवन बीमा १३६.२२ अङ्कले घटेको छ।
