पहिलो ‘अम्ब्रेला स्ट्रिट’ पटिहानीमा : फागुनदेखि सञ्चालन तयारी

ज्ञानमाण्डू।भरतपुर महानगरपालिका–२२ स्थित राप्तीनदी किनारको रमणीय स्थल पटिहानीमा रु तीन करोड खर्च गरी दुई वर्ष लगाएर ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएको छ । सरकारले छानेका एक सय पर्यटकीय गन्तव्यमध्ये सो स्थलमा पहिलो पटक सो स्ट्रिट सञ्चालनको अन्तिम तयारी हुँदै छ । 

भरतपुर महानगरपालिका–२२ का वडा अध्यक्ष विष्णुराज महतोका अनुसार यही फागुन १ गतेबाट खाना महोत्सवसहित सो स्ट्रिट सञ्चालनमा ल्याइने छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रु एक करोड, महानगरपालिका रु एक करोड ५० लाख र सोही वडाबाट रु ५० लाख गरी रु तीन करोडको लागतमा स्ट्रिट तयार गरिएको जनाइएको छ । 

विश्वका शहरसँगै रहेका समुद्रका छेउमा पर्यटकलाई आकर्षण गर्न अम्ब्रेला स्ट्रिट बनाउने गरिन्छ । नेपालमा पहिलो पटक पर्यटकलाई लक्षित गरी यहाँ स्ट्रिट तयार गरिएको हो । महतोले भने ,“नेपालमा पहिलो पटक थाइल्यान्ड मोरिससको वाकिङ स्ट्रिट, अम्ब्रेला स्ट्रिट, ट्रेकिङ रुट, बायोलिजकल रुटको अवधारण अनुसार अम्ब्रेला स्ट्रिटको निर्माण गरिएको हो ।” 

करिब १० कठ्ठा क्षेत्रफलमा फैलिएको सो स्थानमा लहरै ४८० वटा ठुला फाइबरका छाता रहेका छन् । दुई वटा फुड कोर्ट, एउटा आइसक्रिम पार्लरसहित पर्यटकको सुविधाको लागि यहांँ भ्यूपोइन्ट, रेष्टुरेन्ट, डेटिङ पोइन्ट, सेल्फिगेट, वाटर फाउण्टेन, पार्किङ रहेका छन् । हिँडेर अम्ब्रेला स्ट्रिटभित्र क्षेत्रमा पर्यटक जाने हुनाले यसभित्र सवारी साधन गुडाउन पाइने छैन । यसको नजिकै जिल्लाका सम्पूर्ण पर्यटकीय गन्तव्य हेर्न सकिने गरी एनिमेसन रुम, सार्वजनिक शौचालय, कार्यालय कक्ष, रेष्टुरेन्ट र त्यसमाथि ७० फिटको भ्यूटावर बनाउने योजना बनाइएको छ । विस्तृत अध्ययन प्रतिवेदन तयार भइसकेको वडाअध्यक्ष महतोले जानकारी दिए । 

ती संरचना बनाउन थप रु तीन करोड ५० लाख लाग्ने भएकाले बजेटको खोजी भइरहेको जनाइएको छ । भरतपुर महानगरपालिकी प्रमुख रेनु दाहालले अम्रेला स्ट्रिट तयार भएसँगै पर्यटक आगमनमा वृद्धि हुने अपेक्षा गरिएको बताइन् । उनले पर्यटन क्षेत्रमा नयाँ अभ्याससहित अम्ब्रेला स्ट्रिट बनाइएको र यहाँ आउने पर्यटकलाई बसाइँ लम्ब्याउन यस्ता गतिविधि आवश्यक रहने बताइन् । 

प्रमुख पर्यटकीय गन्तव्य सौराहा, नजिकै रहेको राष्ट्रिय निकुञ्ज र मेघौलीसम्मको क्षेत्रको मध्य भागमा पर्ने भएकाले यस क्षेत्र उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ । यहाँ थारु, बोटे र मगर जस्ता समुदायको सांस्कृतिक विविधता रहेको छ । ९० मिटरको लम्बाइमा छाता लहरै राखिएको छ । सो क्षेत्रबाट सहजै राप्ती नदी, चितवन राष्ट्रिय निकुञ्ज र सूर्यास्तको दृश्य देख्न सकिन्छ । यहांँ पर्यटकीयस्तरका १२ वटा र साना २० भन्दा बढी होटेल र रिसोर्ट सञ्चालनमा छन् । यस क्षेत्रमा पर्यटकले जीप सफारी, डुङ्गा सफारी, जङ्गल सफारी गर्न पाउनुको साथै घडियाल र गिद्ध प्रजनन केन्द्र अवलोकन गर्न सकिन्छ । महानगर प्रमुख दाहालले यस क्षेत्रमा रहेका पर्यटकीय गन्तव्यमा भौतिक पूर्वाधारसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारमा महानगर जुटेको बताए । भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न विभिन्न समितिमार्फत महानगरमा काम भइरहेको उनले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x