ज्ञानमाण्डू। आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका दुई वटा लघुवित्त वित्तीय संस्थाहरू मिर्मिरे लघुवित्त वित्तीय र सबैको लघुवित्त वित्तीयलाई आ. व. २०७६/७७ र आ. व. २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणका आधारमा एक आपसमा तुलना गर्ने प्रयास गरिएको छ ।
चुक्ता पुँजी: आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा, मिर्मिरे लघुवित्तको चुक्ता पुँजी १०८.५१ प्रतिशतले बढेर ४३ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सबैको लघुवित्तको चुक्ता पुँजी १०.४९ प्रतिशतले बढेर २० करोड ६० लाख रुपैयाँ कायम भएको छ ।
जगेडा कोष: मिर्मिरे लघुवित्तले जगेडा काेषलाई ३३४.१४ प्रतिशतले बढाएर ३४ करोड ५३ लाख रुपैयाँ कायम गरेको छ भने सबैको लघुवित्तले जगेडा काेषलाई १९५.९६ प्रतिशतले बढाएर १२ करोड ८० लाख रुपैयाँ पुर्याएकाे छ।
निक्षेप संकलन: १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप सङ्कलन गरी मिर्मिरे लघुवित्त निक्षेप सङ्कलनमा सबैको लघुवित्त भन्दा अगाडि रहेको छ । सबैको लघुवित्तको निक्षेप सङ्कलन भने ९० करोड २८ लाख रुपैयाँ रहेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा मिर्मिरे लघुवित्तले ९०.४३ प्रतिशतले र सबैको लघुवित्तले ४९.६६ प्रतिशतले निक्षेप सङ्कलनमा वृद्धि गरेको देखिन्छ ।
सापटी: मिर्मिरे लघुवित्तले ४ अर्ब ५९ करोड रुपैयाँ सापटी लिएकाे छ भने सबैको लघुवित्तको सापटी रकम २ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा मिर्मिरे लघुवित्तले १९२.२७ प्रतिशतले र सबैको लघुवित्तले ६४.८५ प्रतिशतले सापटी रकम वृद्धि गरेको देखिन्छ ।
कर्जा लगानी: मिर्मिरे लघुवित्तले ६ अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गर्दा सबैको लघुवित्तले भने ३ अर्ब ४३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । आ. व. २०७६/७७ को चौथो त्रैमासको तुलनामा मिर्मिरे लघुवित्तले आक्रामक रूपमा १५९ .६९ प्रतिशतले कर्जा लगानीमा वृद्धि गरेको देखिन्छ भने सबैको लघुवित्तले भने ७४.१८ प्रतिशतले कर्जा लगानी बढाएको छ ।
खुद ब्याज आम्दानी: मिर्मिरे लघुवित्तले व्यवसाय विस्तारबाट सबैको लघुवित्तले भन्दा बढी खुद ब्याज आम्दानी गरेको छ। मिर्मिरे लघुवित्तले ४४ करोड ३२ लाख रुपैयाँ र सबैको लघुवित्तले २३ करोड ७६ लाख खुद ब्याज आम्दानी गरेका छन् । खुद ब्याज आम्दानीमा मिर्मिरे लघुवित्तले १२९.२० प्रतिशतको वृद्धि हासिल गर्दा सबैको लघुवित्तले ४८.९८ प्रतिशतले खुद ब्याज आम्दानी वृद्धि गरेको छ ।
खुद नाफा: मिर्मिरे लघुवित्तले २० करोड १ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ भने सबैको लघुवित्तले ११ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । मिर्मिरे लघुवित्तले ४८१.९० प्रतिशतले नाफा वृद्धि गर्दा सबैको लघुवित्तले २३१.६८ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ ।
निष्क्रिय कर्जा: मिर्मिरे लघुवित्तको निष्क्रिय कर्जा सबैको लघुवित्तको भन्दा कम १ दशमलव ९९ प्रतिशत देखिन्छ भने सबैको लघुवित्तको २ दशमलव २५ प्रतिशत निष्क्रिय कर्जा देखिन्छ ।
प्रति शेयर आम्दानी: मिर्मिरे लघुवित्तको प्रति शेयर आम्दानी ४६ रुपैयाँ रहेको छ भने सबैको लघुवित्त प्रति शेयर आम्दानी ५५ रुपैयाँ ४९ पैसा सहित अघि छ ।
मूल्य आम्दानी अनुपात: पछिल्लो कारोबार मूल्यको आधारमा सबैको लघुवित्तको मूल्य आम्दानी अनुपात ३६.३२ गुणा छ भने मिर्मिरे लघुवित्तको मूल्य आम्दानी अनुपात ४२.७२ गुणा रहेको छ ।
किताबी मूल्य: मिर्मिरे लघुवित्तको किताबी मूल्य १७९ रुपैयाँ ३८ पैसा रहेको छ भने सबैको घुवित्तको किताबी मूल्य १६२ रुपैयाँ १३ पैसा रहेको छ ।
Disclaimer: This analysis done from the publicly available data is for educational purpose only. Contents of this post is strictly prohibited for Stock Trading purpose.