सिंगापुर विरुद्ध नेपालको सानदार जित र रचिएका थुप्रै कीर्तिमान हरू

ज्ञानमाण्डू।सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपाल ले घरेलु टोलीमाथि ९ विकेटको शानदार जित निकालेको छ । नेपालको जितमा कप्तान पारस खड्का ५२ बलमा ७ चौका र ९ छक्का सहित १ सय ६ रनमा अविजित रहे । त्रिकोणात्मक सिरिज अन्तर्गत शनिवार भएको दोस्रो खेलमा कप्तान खड्का र आरिफ शेखको उत्कृष्ट साझेदारीसँगै नेपालले सिंगापुरमाथि कीर्तिमानी खेल खेल्न सफल भयो ।

सो खेलमा नेपालले मुख्य ६ कीर्तिमान कायम गर्न सफल भएको छ ।कप्तान पारस खड्का नेपालका लागि टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् ।

इन्डियन एसोसिएसन मैदानमा १ सय ५२ रनको लक्ष्य पछ्याएको नेपालले २४ बल बाँकी छँदै ९ विकेटको जित निकालेको हो ।नेपालको जितमा कप्तान खड्काले अविजित १ सय ६ रन बनाए । ५२ बलको सामना गरेका कप्तान पारसले ७ चौका र ९ छक्काको मद्दतमा १ सय ६ रन बनाएका हुन् ।यता टि–ट्वान्टी क्रिकेटमा आजसम्मकै उत्कृष्ट साझेदारी गर्न मद्दत गरेका आरिफ शेख ३९ रनमा अविजित रहे । 

ईशान पाण्डे ५ रनमा पवेलियन फर्किएपछि नेपालको इनिङ्स पारस र आरीफले सम्हालेका थिए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले १ सय ४५ रनको अविजित शतकीय साझेदारी गरे । टि२० बरीयतामा नेपालको पहिलो शतकीय साझेदारी बनेको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । सिंगापुरका लागि टिम डेभिडले अर्धशतकीय पारी खेले पनि टोलीलाई हारबाट  जोगाउन भने सकेनन् । ४४ बल खेलेका उनले ३ चौका र ४ छक्काको सहयोगमा ६४ रन बनाएका थिए । सुरेन्दन चन्द्रमोहनले ३५ रन बनाए । सिंगापुरका लागि जनक प्रकाशले २५ रन जोड्दा मनप्रित सिंहले १५ रनको योगदान रह्यो । 

यता बलिङतर्फ नेपालका लागि करण केसीले दुई विकेट लिँदा टि–ट्वान्टी क्रिकेटमा डेब्यू गरेका सुशन भारीले एक विकेट लिन सफल भए ।

नेपालले अब अर्को खेल जिम्बाब्बेसँग खेल्नेछ । यसअघि नेपाल हिजो पहिलो खेलमा जिम्बाब्वेसँग ५ विकेटले पराजित भएको थियो । जिम्बाब्बेपछि नेपालले सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ ।

पारसको ऐतिहासिक शतकसँगै एकै खेल पश्चात् नेपालले रचेका थुप्रै कीर्तिमान हरु:

१.टि२० आईमा र अन्तर्राष्ट्रिय एकदिवसिय (ओडिआई) मा कप्तान पारस खड्का नेपालबाट शतक प्रहार गर्ने पहिलो र एक्लो खेलाडी बनेका छन् ।

२.कप्तान पारस खड्का नेपालबाट टि२० इतिहासमा शतक प्रहार गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् ।

३.दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले १ सय ४५ रनको आजसम्मकै उत्कृष्ट अविजित शतकीय साझेदारी गरे ।

४.कप्तान पारस खड्काले शतकीय इनिङ्स खेल्ने क्रममा प्रहार गरेका ९ छक्का, नेपालको तर्फबाट एकै खेलमा कुनै पनि ब्याट्सम्यानले प्रहार गरेको सर्वाधिक छक्का बन्न पुगे ।

५.नेपालले १ सय ५२ रनको लक्ष्य पुरा गर्न मात्र १ विकेट गुमाउँदै पुरा गर्‍यो । अर्थात् ९ विकेटको जित हात पार्‍यो । जुन टि२० आईमा नेपालको सर्वाधिक ठुलो जित हो ।

६.नेपालले टि२० आईमा सिंगापुरलाई हराउन १ सय ५२ रनको लक्ष्य पुरा गर्‍यो । जुन टि२० आईमा नेपालले पुरा गरेको उच्च लक्ष्यमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x