गुराँस लाइफ इन्स्योरेन्सको ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव

ज्ञानमाण्डू।गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल श्रावण २४ गते, आइबारका दिन बसेको सञ्चालक समितिको १७३ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ५.७९ प्रतिशतले हुन आउने लाभांश स्वरूप आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७५/०७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२८ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २३१ रुपैंया ५७ पैसा नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको हो । आर्थिक वर्ष २०७४/७५ मा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ५.२५ प्रतिशतले हुन आउने रकम बोनस शेयर स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x