बीएफआइएन र एपीआरएसीए सीइएनटीआरएबीबीच वित्तीय क्षेत्रका कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता

ज्ञानमाण्डू। बैङ्किङ फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बीएफआइएन) र एसिया प्यासिफिक रुरल एन्ड एग्रिकल्चर क्रेडिट एसोसिएसन (सेन्टर फर ट्रेनिङ एन्ड रिसर्च इन रुरल बैङ्किङ(एपीआरएसीए(सीइएनटीआरएबी) बिच सम्झौता भएको छ । नेपालको वित्तीय क्षेत्रका कर्मचारीहरूलाई क्षमता अभिवृद्धि गर्ने गरी उक्त सम्झौतापत्रमा समझदारी भएको हो ।

सम्झौतापत्रमा बीएफआइएनको तर्फबाट प्रबन्ध निर्देशक डा. विनोद आत्रेय र एपीआरएसीए(सीइएनटीआरएबीका प्रबन्ध निर्देशक लेसिरा जुअरेञ्जले हस्ताक्षर गरेका हुन् ।
बीएफआइएनका प्रबन्ध निर्देशक आत्रेयले उक्त सम्झौताले नेपालको लघु वित्त तथा ग्रामीण विकास सम्बन्धी आवश्यक ज्ञान तथा सीप प्रदान गर्न उल्लेखनीय योगदान पुग्ने विश्वास लिएकाे बताए ।

सम्झौतापत्रमा दुई संस्थाबिचको समन्वयमा विभिन्न तालिम, गोष्ठी तथा सेमिनारहरूको आयोजना गर्ने, बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूको ज्ञान विकासका लागि संयुक्त रूपमा विशेष गरी लघु वित्त तथा सहकारीका कार्यक्रमहरू सञ्चालन गर्ने लगायतका विषयवस्तुहरू समावेश गरिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x