अपि पावर कम्पनीकाे ४ लाख ४९ हजार ३२८ कित्ता शेयर आज देखि लिलामीमा


ज्ञानमाण्डू। अपि पावर कम्पनी लिमिटेडको ४ लाख ४९ हजार ३२८ कित्ता हकप्रद शेयर जेठ १८ गते (आज) देखि लिलामी मार्फत विक्रीका लागि खुला भएको छ।

लिलामी मार्फत विक्री हुन लागेको कम्पनीको ४ लाख ४९ हजार ३२८ कित्ता शेयरको मूल्य प्रति कित्ता न्यूनतम रु.१०० तोकिएको छ। उक्त सर्वसाधारण शेयरहरू खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी र संघ संस्थाहरुले जेठ २६ गते सम्ममा बोलपत्र आवेदन पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

बोलपत्र पेस गर्दा न्यूनतम १०० कित्ताको लागि आवेदन दिनुपर्नेछ र आवेदकले तोकिएको वा अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

इच्छुक लगानीकर्ताहरूले कम्पनीको कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौँ, मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौँ, मुक्तिनाथ विकास बैंक लिमिटेडको शाखा कार्यालयहररू: ठिमी-भक्तपुर, कुमारीपाटी-ललितपुर, इटहरी, इलाम, पृथ्विचोक-पोखरा, बुटवल, विराटनगर, वीरगन्ज, नारायणगढ, सुर्खेत, नेपालगन्ज, धनगढी र जनकपुरबाट बोलपत्र पाउन र पेस गर्न सक्ने कम्पनीले जनाएको छ।

यस कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x