अरनिको स्मृतिमा कला प्रदर्शनी फागुन २८ मा

ज्ञानमाण्डू।नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा आगामी फागुन २८ गते कला प्रदर्शनी गर्ने भएको छ । मुलुकको कलाकारिता क्षेत्रको विकास तथा नेपाली मौलिकतामा आधारित वास्तुकलालाई अन्तर्राष्ट्रिय तहमा पुर्‍याउन अरनिकोले गरेको योगदानलाई सम्झना गर्न उक्त प्रदर्शनी प्रतिष्ठान परिसरमा गर्न लागिएको हो । 

काठमाडौँ उपत्यकाका तीन वटै दरबार क्षेत्रमा करिब १०० बालबालिकालाई स्थलगत भ्रमण र कार्यशाला गराई उनीहरूले बनाएका चित्रलाई प्रदर्शनीमा राखिने छ । प्रतिष्ठान–चित्रकला विभागले संयोजन गर्ने उक्त प्रदर्शनीका लागि आगामी फागुन ६ देखि २० गतेसम्म बालबालिकालाई स्थलगत भ्रमण र कार्यशाला सम्पन्न गराइने प्राज्ञ एवं विभाग प्रमुख सुष्मा राजभण्डारीले जानकारी दिइन् । अरनिको निधन भएको दिन मार्च ११ तारिखमा प्रतिष्ठानले गत वर्ष पहिलो स्मृति दिवस मनाएर अरनिकोको सम्झना गरेको थियो । सन् १२४४ मा पाटनमा जन्मनुभएका अरनिको निधन सन् १३०६ मार्च ११ तारिखमा चीनमा निधन भएको थियो । 

कलाकार अरनिको तथा उनको समूहले निर्माण गरेका कलाकृतिबारे खोज र अनुसन्धानका क्षेत्रमा प्रत्येक वर्ष प्रतिष्ठानले रचनात्मक कार्यक्रम गर्ने योजना बनाएको छ । तत्कालीन समयमा नेपाली कला र संस्कृतिलाई विदेशमा प्रचार गरेका उनको जीवनीमा अनुसन्धान गर्न बालबालिकालाई अभिप्रेरित गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको प्राज्ञ भण्डारीले बताइन् । 

वास्तुकलामा निपुण मानिने कलाकार अरनिकोले विभिन्न धातुमा रसायनको प्रयोग गरी कला कृति सिर्जना गरेको विश्वास छ । उनको नेतृत्वमा नेपालबाट चीनतर्फ गएका कलाकारको समूहले सन् १२७१ मा चीनको राजधानी बेइजिङको मध्य भागमा प्यागोडा शैलीमा श्वेत चैत्यको निर्माण गरेको थियो । उक्त चैत्यमा नेपाली सीप र शैली प्रयोग गरिएकाले पनि त्यसको मौलिकताले देशलाई विश्वमा परिचित गराएको छ । तत्कालीन समयमा कला निर्माणका क्षेत्रबाट देशको सुसंस्कृति र सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने अरनिकोको वास्तविक नाम बलबाहु हो । प्रतिष्ठानले उनको शालिक निर्माण गरी परिसरमा राख्ने भनेको भए पनि त्यो कार्य पूरा गर्न सकेको छैन ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x