
माछा जोनमा आबद्ध १६ किसानलाई रु ३४ लाख बराबरको माछा पोखरीमा पानी पटाउन एक/एक थान मोटरपम्प, माछा तौल गर्न ४१ किसानलाई डिजिटल काँटा, ५९ किसानलाई पानी मापनका लागि पिएच मिटर तथा माछालाई अक्सिजन प्रदान गर्न छ एरियेटरलगायतका उपकरण प्रदान गरिएको छ ।
यसैगरी धानजोनसँग आबद्ध किसानले प्रयोग गर्ने गरी रु ८० लाख मूल्य बराबरको एउटा कम्पाइण्ड हार्वेष्टर, दुईवटा ट्र्याक्टर, दुई ट्रली, दुई रोटामेटर, दुई कल्टिमेटर र दुई केजबिल वितरण गरिएको छ । एउटा हार्वेष्टरले प्रतिघण्टा १५ कठ्ठा जग्गामा रहेको धान, गहुँ र मकै कटाइ, दाउनी र बोरामा प्याक गर्ने परियोजना एकाइ कार्यालयका प्रमुख विनोदकुमार मण्डलले बताए ।
हार्वेष्टरलगायतका यन्त्र सहकारी संस्थामार्फत किसानले प्रयोग गर्नेछन् । परियोजनाले ५० प्रतिशत अनुदानमा कृषकलाई ती उपकरण वितरण गरेको हो ।रासस