हाथवे इन्भेष्टमेन्टकाे आइपिओ निष्काशन गर्ने प्रस्ताव कहिले हुँदै छ पारित ?

hathway
ज्ञानमाण्डू। हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्राथमिक शेयर(आइपिओ) निष्कासन गर्ने हेतु आगामी २०७८ साल भदाै २५ गते, शुक्रबारका दिन तेह्राैँ वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको सो सभा दिउसो २:०० बजे पश्चात् भिडियो कन्फ्रेन्सको माध्यमबाट आरम्भ हुने कुरा कम्पनीले जानकारी दिएको छ। श्रावण ३२ गतेका दिन बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

हाथवे इन्भेष्टमेन्ट नेपालको विशेष प्रस्ताव मध्य सभाले कम्पनीको प्राथमिक शेयर(आइपिओ) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । यस कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब १७ करोड को १२.५ प्रतिशतले हुन आउने १४ कराेड ६२ लाख रकम बराबरको अर्थात उनन्तीस लाख पचास हजार कित्ता प्राथमिक शेयर(आइपिओ) निष्कासन गर्ने छ ।

त्यस्तै कम्पनीले कम्पनीकाे हाल कायम चुक्ता पुँजीको जम्मा ३० प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ । साथै २५ प्रतिशत बाेनस शेयर प्रदान गर्ने निर्णय समेत पारित गर्ने जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x