मिथिलामा महावीर झण्डोत्सवको रौनक

ज्ञानमाण्डू।मध्य पूर्वी तराईमा श्री पञ्चमीयता महावीर झण्डोत्सवको रौनक छ । खास गरी प्राचीन मिथिला क्षेत्रमा अहिले जताततै महावीर झण्डोत्सवको रौनक देखिँदो छ । 

भक्ति, साहस र अतुलनीय पराक्रमका लागि सम्झिने त्रेताकालीन रामभक्त हनुमानलाई मिथिलामा विघ्ननाशक, सङ्कटमोचक, महावीर र पवनदुतसहितका नामले स्मरण गरिन्छ । महावीरका नाउँमा झण्डोत्सव आयोजना गरिँदा नगर/गाउँ बस्तीमा कुनै विपत्ति नआउने, सुख–शान्ति छाउने र दुष्टको प्रवेश नहुने विश्वासले मिथिलामा यो महोत्सवको प्रचलन चलेको यस परम्पराका जानकार बताउँछन् । 

प्रदेश–२ का आठै जिल्लामा धमाधम महावीर झण्डोत्सव मेला आयोजन हुने र कैयौँ ठाउँमा सम्पन्न हुँदै छन् । यसबाहेक सीमावर्ती भारतीय जिल्लामा पनि महोत्सवको रौनक बाक्लै देखिँदो छ । रङ्गीचङ्गी पतकाजडित विशाल झन्डा महोत्सवको मुख्य आकर्षण हुने गर्छ । उत्तरायण (माघे सङ्क्रान्तिदेखि असार मसान्तसम्मको अवधि) को शुक्ल पक्ष महोत्सवका लागि उपयुक्त मानिन्छ । चैतपछि हावाहुरीको प्रकोप बढ्ने हुँदा माघ/फागुनमै बढी जसो महोत्सव आयोजना हुने गरेका महोत्तरीका प्रेस स्वतन्त्रता सेनानी ८० वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन्। 

“महावीर झण्डोत्सव मिथिलामा सामूहिक रूपमा मनाइने हर्षोल्लासको उत्सव हो” आफ्नै बस्तीमा अहिले झण्डोत्सवमा सरिक रहेका मण्डलले भने “श्री पञ्चमीदेखि फागुन पूर्णिमासम्म वसन्तको उत्कर्ष रहने हुँदा धेरैजसो महावीर झण्डोत्सव यसैबीचमा आयोजन गरिन्छन् ।” 

महोत्सव आपसी भेटघाट र रमाइलो गर्न उपयुक्त अवसर मानिन्छ । महिनौँ लगाएर बनाइने आकर्षक पतकाजडित झन्डा ५० फिट अग्लासम्म बनाइन्छन् । तलैतलाका खण्डमा विन्ध्याञ्चल पर्वत बोकेका हनुमानका तस्बिर र शिरानमा विजयको प्रतीक मानिने रातो झन्डा फहराइने यो महोत्सवको खास आकर्षण हो । 

भजन कीर्तन, खेल मनोरञ्जन र नाटक महोत्सवसहितका कार्यक्रम आयोजना गरिने यस अवसरमा दलका शीर्ष तहका नेताको सहभागिताले राजनीतिक चहलपहल बढाउने गरेको मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका प्राचार्य ईश्वरी पौडेल बताउँछन् । 

शुक्ल पक्षको ठिक मुहूर्तमा उद्घाटन गरिने महोत्सव कैयन ठाउँमा महिनाभरि लाग्ने गरेका छन् । खेतीपातीमा अलि फुर्सदिलो समय पर्दा मनोरञ्जनका लागि एक/दुई दिन रमाइलै हुने गरे पनि लामो मेला भने अत्यन्त खर्चिलो र भड्किलो बन्दै गरेको टिप्पणी बढेको छ । यस्ता खाले धार्मिक अनुष्ठान समय क्रमअनुसार परिमार्जित गर्दै थोरै दिनका र कम खर्चिलो बनाउन आवश्यक रहेको नयाँ पुस्ताका शिक्षित युवा बताउँछन् । 

“हाम्रो संस्कृति थेग्ने र प्रवर्द्धन गर्ने मुख्य पक्ष त ठिक मान्न सकिन्छ” महोत्तरीको भङ्गाहा नगरपालिका—५ राजपुरका सामाजिक/राजनीतिक कार्यकर्ता लक्ष्मण महतो भन्छन् , “यद्यपि मेलामा सुरक्षा बन्दोबस्तमा राज्यको उपस्थितिले बढाउने खर्च, मेलामा बढ्ने फोहर र प्रदूषणले महामारी निम्तिने डर र मेलाका नाउँमा बढ्दो तडकभडक कम गर्न महोत्सव कम दिनका तथा कम खर्चमा आयोजना गरिनु पर्दछ ।”रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x