अपि पावरको लाभांश वितरणपश्चात हकप्रद निष्काशन गर्ने प्रस्ताव कहिले हुँदै छ पारित ?



ज्ञानमाण्डू।अपि पावर कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हकप्रद शेयर निष्काशन गर्ने हेतु स्वरूप आगामी २०७८ साल भाद्र २५ गते, शुक्रबारका दिन १८ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । अपि पावरको सो सभा बिहान ११:०० बजे पश्चात् भिडियो कन्फ्रेन्सको माध्यम मार्फत आरम्भ हुने अपि पावर कम्पनी लिमिटेडले जानकारी दिएको छ। अपि पावरको श्रावण ३२ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

कम्पनीको वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिने छ । यसका साथै आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ । कम्पनीले आव २०७८/०७९ को लागि लेखापरिक्षकको नियुत्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिने लगायतका एजेण्डा कम्पनीको रहेको छ ।

कम्पनीको प्रमुख प्रस्ताव मध्य, सभाले अपि पावर कम्पनी लिमिटेडको आ.व. २०७७/७८ को खुद मुनाफा बटा हाल कायम चुक्ता पुँजीको १०.५% बोनस शेयर वितरण गर्ने तथा सोको कर प्रयोजनार्थ ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।

त्यस्तै विशेष प्रस्तावहरुमा, अपि पावर कम्पनी लिमिटेडले बोनस शेयर वितरणपश्चात हाल कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।

यसका साथै हकप्रद शेयर जारी गर्ने कार्य गर्दा विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, कम्पनी रजिष्ट्रारको कार्यालय लगायत नियमनकारी निकायमा आवश्यक कार्य गर्नका निम्ति कम्पनीको सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

१५ औँ वार्षिक साधारण सभा प्रयोजनका लागि अपि पावर कम्पनी लिमिटेडले मिति २०७८/०५/१८ गतेका दिनदेखि मिति २०७८/०५/२४ गतेका दिनसम्मका लागि संस्थाको शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) रहने जनाएको छ। यस अर्थ मिति २०७८/०५/१७ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानून बमोजिम संस्थाको शेयर रजिष्ट्रारमा प्राप्त विवरणको आधारमा कायम शेयरधनीहरु मात्र वार्षिक साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x