
ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला दुइँ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असाेज २२ गते, शुक्रबारका दिन छापावाला सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९० हजार १ सय ५० रुपैयाँ तोकिएको छ ।
शुक्रबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य भने यथावत रहेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार १ सय ७० रुपैयाँमा किनबेच हुँदैछ ।