ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेड र गुर्जुधारा स्थित गुर्जुधारा डेन्टल केयर प्रा. लि.बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख श्री सुबिर घले र गुर्जुधारा डेन्टल केयर प्रा. लि का तर्फबाट प्रबन्ध निर्देशक डा.बिनय भण्डारीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गर्नुभएको हो । प्रभु बैंक र उक्त डेन्टल क्लिनिक बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले गुर्जुधारा डेन्टल केयर प्रा. लि द्धारा सञ्चालित “साधारण दन्त उपचार” सेवामा १५ प्रतिशत र “जटिल दन्त उपचार” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन्।
प्रभु बैंक र गुर्जुधारा डेन्टल केयर बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
