सन्राइज बैंक र सेलपेबीच सहकार्य

ज्ञानमाण्डू।सन्राइज बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवाप्रदायक सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सेलकम प्रा. लि.का प्रबन्धनिर्देशक पवन प्रधानले हस्ताक्षर गर्नु भएको छ ।

सेलपे, सेलकमप्रा. लि. द्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक कम्पनी हो । सेलपेले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाता मार्फत डिजिटल भुक्तानी/रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । सेलपे मार्फत गरिएको भुक्तानी विश्वसनीय हुनुका साथै वास्तविक समयमा कारोबार हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले सेलपेमा आफ्नो सन्राइज बैंकको खातादर्ता गरि मोबाइल नम्बर मार्फत कारोबार गर्न सक्ने सन्राइज बैंकले जनाएको छ ।

सेलपे मार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टिभीहरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स, बीमा रकम भुक्तानी, भ्ःक्ष् भुक्तानी लगायत अन्य बिभिन्न कार्य गर्न सकिने सेलपे जनाएको छ ।

सन्राइज बैंक र सेलपे बिचको यस सम्झौताले डिजिटल कारोबार गर्न चाहने सम्पूर्ण ग्राहकहरुलाई सजिलो हुने विश्वास सन्राइज बैंकले लिएको कुरा बैंकले जनाएको प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x