ज्योति लाइफको प्रथम लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद लाभांश ?



ज्ञानमाण्डू। ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक १४ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको ९२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा १०.५२६३ प्रतिशतले हुन आउने लाभांश(कर समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले आ. व. २०७६/०७७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँको ५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर तथा ५.५२६३ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश(कर प्रयोजनार्थ समेत) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय बिमा समिति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई  वितरण गर्न लागेको प्रथम लाभांश हो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x