ज्योति लाइफको आइपीओ नेप्सेमा सूचीकृत, हेर्नुहोस् पहिलो कारोबारको रेन्ज कति ?

jyoti life insurance ipo result

ज्ञानमाण्डू। ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मंगलबार चैत २३ गतेका दिन ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर (आइपीओ) सूचीकृत भएको हो। 


नेप्सेले ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँ २९ पैसादेखि अधिकतम ३६० रुपैयाँ ८७ पैसासम्म रेन्ज तोकेको छ, अर्थात् सोही रेन्जभित्र रहेर ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको पहिलो कारोबार हुने नेप्सेले जानकारी दिएको छ । 'जेएलआई' (JLI) प्रतीक चिन्हमा ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको कारोबार हुनेछ । ज्योति लाईफ इन्स्योरेन्स लिमिटेडको चुक्ता पुँजीका आधारमा कायम २ करोड २० लाख कित्ता शेयर मंगलबार नेप्सेमा सूचीकरण भएको हो ।

इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २१ गते देखि फागुन २६ गतेसम्म बिक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा योग्य आवेदकमध्ये गोलाप्रथाबाट पाँच लाख ९४ हजार लगानीकर्ताले मात्र १० कित्ताका दरले शेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जानकारी दिएको हो । 

कम्पनीले १०० अङ्कित दरका ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्कासन गरेको हो । जसमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको थियो भने तीन लाख ३३ हजार कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको थियो । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x