आज युनाईटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले १२ औँ वार्षिक साधारण सभा गर्दै


ज्ञानमाण्डू। युनाईटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिटेडले जेठ १४ गते (आज) १२ औँ वार्षिक साधारण सभा गर्दै छ । कम्पनीले साधारण सभा पोखराको आभ्या क्लबमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि बैशाख ३० गते बुक क्लोज गरिसकेको छ। सो आधारमा बैशाख २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूबाट प्रस्तुत हुने आ.व.२०७७/०७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । साथै, यस सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरू (अनुसूचीहरू समेत) छलफल गरी पारित गर्नेछ ।

त्यस्तै आ.व.२०७८/०७९ को लेखापरीक्षण कार्यको लागी लेखापरीक्षक नियुक्ति एवं निजको पारिश्रमिक पनि निर्धारण गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x