मातृभाषा संरक्षणमा जोड

ज्ञानमाण्डू।पहिलो बोलिने भाषा ‘मातृभाषा’ भएकाले यसको संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा राष्ट्रिय मदरसा सङ्घ नेपालद्वारा कपिलवस्तुको कृष्णनगरमा शनिवार आयोजित कार्यक्रमका सहभागी वक्ताले संस्कृति र परम्परालाई जीवन्त राख्न भाषा संरक्षण गर्न जोड दिए । 
कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप साहले भाषा संरक्षणका क्रममा अवधि भाषालाई कामकाजीको भाषा बनाउने जानकारी दिए । राष्ट्रिय मदरसा सङ्घ नेपालका महासचिवसमेत रहनुभएका उहाँले मातृभाषालाई व्यवस्थित र संरक्षित गर्न नगरपालिकाले प्राथमिकता दिएको बताए ।

प्रदेश नं ५ सरकारद्वारा गठित मदरसा बोर्डका उपाध्यक्ष मशहुद खाँ मातृभाषा दिवसको ऐतिहासिक पृष्ठभूमि बारे उल्लेख गरे । समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता अकरम पठानले राजनीतिक क्षेत्रमा क्रियाशील नेतृत्वले मातृभाषामा बोल्नुपर्ने सुझाव दिए । 

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं ३९ गुल्म हेक्वा कृष्णनगरका सशस्त्र प्रहरी नायव उपरीक्षक सुशीलकुमार शाही, नगरपालिकाका सल्लाहकार तुफेल अहमद खाँ, वडा नं ३ वडाध्यक्ष सगीर अहमद खाँ, वडा नं २ का वडाध्यक्ष सञ्जयकुमार गुप्तालगायतले भाषा संरक्षण गर्नुपर्नेमा जोड दिए । 

राष्ट्रिय मदरसा सङ्घका राष्ट्रिय अध्यक्ष डा अब्दुल गनी अलकुफीले भाषा संरक्षणले मात्र संस्कृति बलियो हुने बताए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x