नेपाली यू–१९ क्रिकेट टिमको घोषणा

ज्ञानमाण्डू।मलेसियामा आयोजना हुने एसीसी यु-१९ इस्टर्न रिजन क्रिकेटका लागि नेपाली टोलीको घोषणा भएको छ ।अर्को साताबाट सुरु हुने क्रिकेट प्रतियोगिताको लागि नेपालले मङ्गलवार रोहित कुमार पौडेलको कप्तानीमा १४ सदसीय टोलीको घोषणा गरेको हो ।

नेपाली टोलीमा चार नयाँ खेलाडी , तिलक भण्डारी, खडक बोहोरा, विशाल विक्रम केसी र लोकेश बमले स्थान साथै अवसर पाएका छन् ।नेपाली टोलीका यी चार नयाँ अनुहारले  पहिलो पटक टिममा स्थान बनाउन सफल भएका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारसँग खेल्ने भएको छ । समूह 'ए' मा रहेको नेपालले म्यानमारसँग जुलाई २ मा खेल्नेछ ।यस्तै नेपालले दोस्रो खेल जुलाई ५ मा सिङ्गापुर र अन्तिम खेल जुलाई ६ मा चीनसँग प्रतिस्पर्धा गर्ने छ । प्रतिस्पर्धी समूहका शीर्ष दुई टोली(समूह विजेता र उपविजेता)ले सेमिफाइनलमा स्थान बनाउने छन् । समूह 'ए' मा नेपाल, चीन, सिङ्गापुर र म्यानमार रहेका छन् भने समूह 'बी' मा आयोजक मलेसियासँगै हङकङ, थाइल्यान्ड र भुटान रहेका छन् ।

नेपाली यु–१९ क्रिकेट टिम जुन ३० तारिखमा मलेसिया प्रस्थान गर्ने छ ।

नेपाली टोली : रोहित कुमार पौडेल (कप्तान), रीत गौतम, पवन सर्राफ, भीम सार्की, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल, हरि बहादुर चौहान, प्रतिष जिसी, खडक बोहरा, तिलक भण्डारी, विशाल विक्रम केसी र लोकेश बम । त्यस्तै वैकल्पिक खेलाडीमा मोहम्मद आशिफ शेख, सन्दीप जोरा, सूर्य तामाङ र आकाश चन्द रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x