प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्स बिच डिजिटल सम्झौता



ज्ञानमाण्डू। नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राइम बैङ्कसँग सहकार्यको लागि सम्झौता गरेको छ ।

नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र अभय रिजाल, सि बि ओ तथा प्राइम बैङ्कको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेसको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले आ–आफ्नो संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राइम बैङ्कसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राइम बैङ्कसँग आबद्ध ग्राहकहरूले नेपाल पेमेन्ट सोलुसन्स्को चेक आउट, वन लिङ्क, फन्ड ट्रान्सफर, लिङ्क अकाउन्ट, लोड वालेट जस्ता सम्पूर्ण सेवाहरू उपयोग गर्न पाउने कम्पनीले जनाएको छ । नेपाल पेमेन्ट सोलुसन्स्ले यी सेवाहरू डिजिटल वालेट, रेमिटेन्स कम्पनीहरू मार्फत उपलब्ध गराएको उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x