मन्त्रिपरिषदको निर्णयानुसार मात्र शैक्षिक संस्था पुनः संचालन हुने, बैकल्पिक प्रणालीबाट पठनपाठन भने शुरु गरिने


ज्ञानमाण्डू। कोभिड– १९ को महामारीका कारण बन्द रहेका शैक्षिक संस्थाहरु नेपाल सरकार मन्त्रिपरिषदको निर्णयानुसार मात्र पुनः संचालन हुने भएका छन् । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराज मणि पोखरेलले आज एक बक्तव्य प्रकाशित गर्दै सो कुरा जनाएका हुन् । कोभिड– १९ को महामारीका कारण स्थगित भएका विद्यालय तहका परीक्षाहरुका सम्बन्धमा महामारीको फैलावट समेतलाई ध्यानमा राखी निकट भविष्यमा उपयुक्त निर्णय लिने गृहकार्यमा मन्त्रालय लागिरहेको र उच्च शिक्षाको पठनपाठन र परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगको अध्यक्षको नेतृत्वमा एक कार्यदलले काम गरिरहेको कुरा जनाउदै विज्ञप्ती मार्फत पढाई अवरुद्ध भएका कारण पुग्न जाने शैक्षिक क्षतिलाई न्यूनिकरण गर्न विद्यालय जाने उमेरका बालवालिकाको नियमित पठनपाठनको सहजता सिर्जना गर्नका लागि दूर तथा खुला शिक्षा लगायत बैकल्पिक प्रणालीबाट सिकाईमा सहजीकरण सम्बन्धी हालै जारी भएको "बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण गर्ने सम्बन्धी निर्देशिका-२०७७" , आगामि आषाढ १ गतेबाट कार्यान्वयन गर्न गराउन सरोकारवाला सवैमा आव्हान समेत गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x