ग्रामीण क्षेत्रका थप चार स्थानमा मेगा बैंकको शाखारहित बैंकिङ सेवा विस्तार



ज्ञानमाण्डू।मेगा बैंकले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका थप चार स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । 

प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१, बाग्मती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१, चौतारा साँगाचोकगढी नगरपालिका–४ र धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका–२, सातदोबाटोमा मेगा बैंकले शाखारहित बैंकिङ सेवा विस्तार गरेको हो ।

शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत बैंकले नियुक्ति गरेका व्यवसायिक प्रतिनिधि मार्फत खाता खोल्ने, दैनिक खातामा रकम जम्मा गर्ने र झिक्ने, नेपाल टेलिकम र एनसेलमा टपअप, डिसहोमको रिचार्ज गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ । साथै, सेवाग्राहीलाई आवश्यक परेको बेला कर्जा लगानी निम्ति आवश्यक प्रक्रिया अगाडि वढाउन सकिने व्यवस्था रहेको बैंकले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x