सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्य कति ?



ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पुष ७ गते, बुधबारका दिन छापावाला सुनको मूल्य तोलाको ९२ हजार ६ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो कारोबारी दिन अर्थात मङ्गलबार पुष ६ गतेका दिन, छापावाला सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार सुनको मूल्यमा गिरावट हुँदा चाँदीको मूल्य भने उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ४५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन मङ्गलबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँले बढेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x