ज्ञानमाण्डू। नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साउन २९ गते, अईतबारका दिन छापावाला सुनको मूल्य तोलाको ९७ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ तोकिएको छ । अघिल्लो कारोबारी दिन अर्थात शुक्रबार साउन २७ गतेका दिन, छापावाला सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
अईतबार सुनको मूल्यमा वृद्धि हुँदा चाँदीको मूल्य पनि उकालो लागेको महासंघले जनाएको छ । नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबारी दिन शुक्रबार, नेपाली बजारमा चाँदी प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा २५ रुपैयाँले बढेको देख्न सकिन्छ ।
सुनको मूल्यमा वृद्धि, चाँदी तोलाको कति ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
