एनआईसी एशिया बैङ्कको नाफा २ अर्ब ४० कराेड, नाफामा १६.५७ प्रतिशतकाे वृद्धि | Nic Asia Bank

nic asia bank
ज्ञानमाण्डू। एनआईसी एशिया बैङ्कको नाफा १६.५७ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले २ अर्ब ६ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब ४० कराेड रुपैयाँ नाफा कमाएको देखिन्छ ।

११ अर्ब ५६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एनआईसी एशिया बैङ्कले २ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ७६ करोड रुपैयाँ र संचित मुनाफा २ अर्ब ७८ कराेड रूपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३२.८१ प्रतिशतले बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ८५ कराेड रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.४७ प्रतिशत र प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १९९ रुपैयाँ ८९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ९१७ काे आधारमा मूल्य आम्दानी अनुपात २२.०८ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x