स्माटच्वाईस टेक्नोलोजिज र स्माटकार्ड नेपाल (MyPay) वीच सम्झौता



ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड (SCT) र स्माटकार्ड नेपाल (MyPay Wallet) वीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ ।


राजधानी काठमाडौँमा सोमबार आयोजित विशेष कार्यक्रमकावीच स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री नारायणप्रकाश भुजु र स्माटकार्ड नेपाल
(MyPay Wallet) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनोज मेहताले स्मार्ट क्यूआर सेवा सञ्चालन सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।


यस सम्झौता पश्चात माई पे वालेट
(MyPay Wallet) प्रयोगकर्ताले माई पे वालेट मार्फत स्मार्ट क्यूआर मर्चेन्टह रूलाई भुक्क्तानी गर्न सक्छन भने माई पे मार्फत बिभिन्न व्यापार— व्यवसायमा आवद्व व्यबसायीहरुले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिनलाई क्यूआरको सुविधा लिन सकिने कम्पनीले जनाएकाे छ । इ.एम.भि स्ट्याण्डर्डमा जारी गरी फाइनान्सियल स्वीच माफर्त कारोवारको भुक्क्तानी तथा फस्र्योट गर्ने भएकाले स्मार्ट क्यूआर मार्फत भुक्क्तानी लिन तथा दिन सहज, सुरक्षित र भरपर्दो रहने कम्पनीले जनाएकाे छ।


बिगत २० वर्षदेखि बिभिन्न भुक्क्तानीका बिभिन्न सेवा दिँदै आएको स्मार्टच्वाईस टेक्नोलोजिज र एन.आइ सी एसियावीच भएको यो सहकार्यले मुलुकको समग्र अर्थतन्त्रको विकाशमा थप योगदान पुग्न जाने आशा लिएको कम्पनीले बताएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x