बौद्ध धर्मावलम्बीले मनाए सम्यक दानपर्व

ज्ञानमाण्डू।भक्तपुरमा ३५० वर्षअघि अर्थात् नेपाल संवत् विसं ७८७ भन्दा अघिबाट सुरु भएको बौद्ध धर्मावलम्बीको सम्यक् दान पर्व भव्य रूपमा मनाइएको छ । पाँच दीपकङ्रसहित अन्य स्वर्ण दीपङ्करका मूर्तिलाई स्थानीय थथुवहिमा विराजमान गराइ भक्तपुरको नियमित र ऐच्छिक सम्यक् भोजन गराइ मनाइने सम्यक् दान पर्व यहाँका बौद्ध धर्मावलम्बीले आज दिनभरि नै भव्य रूपमा यो पर्व मनाउने गर्दछन् । 

चतुब्रह्म महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेक वर्ष माघ १ गते मकर सङ्क्रान्तिका अवसरमा मनाइने गरिन्छ । सम्यक् दानमा परम्परागत रूपमा स्थापना भएका बौद्ध विहारमा दीक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुलाई भोजन, अन्न दक्षिणा दिइएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीले दान गरेको सम्यक् महादान व्यवस्थापन समितिका देवचन्द्र बज्राचार्यले बताए । 

भक्तपुरमा रहेको प्रमुख पाँच दीपङ्कर बुद्धको प्रतिमूर्तिलाई वर्षको दुई पटक सम्बन्धित विहारबाट बाहिर ल्याई जात्रा गर्ने प्रचलनअन्तर्गत सम्यक् दान पर्वका दिन पाँच दीपङ्कर बुद्धका प्रतिमूर्ति विराजमान गराइएको उनले बताए । काठमाडौँमा १२ वर्षको एक पटक स्वयम्भूको भुइँख्याल, ललितपुरमा पाँच वर्षमा एक पटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमितरुपमा यो पर्व मनाउँदै आएको छ । 

भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहिको परिसरमा रहेको भुइँख्यल क्षेत्रमा सम्यक् भोजन दान गरिने चलन रहेको राजुमान बज्राचार्यले जनाए । धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने तथा भिक्षा दान परम्परा रहेको उनले बताए ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x