सनराइज बैङ्कको नाफा ७४ कराेड ५५ लाख | Sunrise Bank

sunrise bank

ज्ञानमाण्डू। सनराइज बैङ्कको नाफा २१.४७ प्रतिशतले घटेकाे छ । आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले ९४ कराेड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को दाेस्राे त्रैमास सम्ममा बैंकले ७४ कराेड ५५ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१० अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको सनराइज बैङ्कले १ खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब २० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ४ अर्ब ६० करोड रुपैयाँ र संचित मुनाफा ६३ कराेड ७३ लाख रूपैयाँ रहेको छ ।

Click here to join Gyanmandu.com's Viber Community

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.८० प्रतिशतले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १० कराेड ११ लाख रुपैयाँ रहेकाे छ ।

बैंककाे निष्कृय कर्जा अनुपात १.४१ प्रतिशत र प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७४ पैसा छ भने प्रतिशेयर नेटवर्थ १५१ रुपैयाँ ७९ पैसा र पछिल्लाे काराेबार मूल्य रू ३०३ काे आधारमा मूल्य आम्दानी अनुपात २०.५६ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x