![](https://1.bp.blogspot.com/-wCwPtJdbHVE/XjKr5fz4jyI/AAAAAAAAFxE/cHsmp568ePM2r2liDmhk9i7PlGSsjmwOgCNcBGAsYHQ/s1600/Screen%2BShot%2B2020-01-30%2Bat%2B15.56.22.png)
ज्ञानमाण्डू । आज नेप्से ४.६ अङ्कले बढेर १३४५.९७ पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०.१९ ले वृद्धि भई २८५.५६ मा पुगेको छ । नेप्से सामान्य अङ्कले बढे पनि कारोवार रकम भने डेढ अर्ब बराबरको भएको छ । कूल १७३ कम्पनीको ३९ लाख ८६ हजार ७६९ कित्ता शेयर रु एक अर्ब ५० करोढ ९७ लाख ८४ हजार ३११ मूल्यमा खरिद बिक्री भए ।
![](https://1.bp.blogspot.com/-l-97yddXJyI/XkPHR2MuhOI/AAAAAAAACQo/RDWB7kvQn8oZ16MO-k9g0vsvMsw2DByBgCLcBGAsYHQ/s1600/12wed.png)
कारोवार भएका कूल १२ उपसमूह मध्ये आज तीन उपसमूहको शेयर ओरालो लागेको छ भने नौ उपसमूहको शेयर उकालो लागेको छ । आज ट्रेडिङ उपसमूह १३.४५ अङ्कले, होटेल उपसमूह ३.८७ अङ्कले, फाइनान्स उपसमूह ३.८२ अङ्कले, ननलाइफ इन्स्योरेन्स उपसमूह ८०.९७ अङ्कले, उत्पादन उपसमूह २४.४१ अङ्कले, अन्य उपसमूह्र १०.१९ अङ्कले, माइक्रोफाइनान्स उपसमूह ५५.६३ अङ्कले, लाइफ इन्स्योरेन्स उपसमूह ५८.३९ अङ्कले र म्यूचुअल फंड उपसमूह ०.०४ अङ्कले बढेका छन् भने बैकिंग उपसमूह २.९८ अङ्कले, विकास बैंक उपसमूह ८.३८ अङ्कले र हाइड्रोपावर उपसमूह ६.९९ अङ्कले घटेका छन् ।
![](https://1.bp.blogspot.com/-prb0hq9mP6U/XkPHpD7XohI/AAAAAAAACQw/uiNZN60ZhIkl6n9gxLDJxIVqh4L_y9tCwCLcBGAsYHQ/s1600/12wedn.png)
कारोवारका आधारमा आज नागरिक लगानी कोष शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु नौ करोड ९७ लाख ४६ हजार ६७१ मूल्य बराबरको शेयर कारोवार भयो । यस्तै शिवम् सिमेन्ट रु नौ करोड ८४ लाख ४५ हजार ८०, एनआइसि एशिया बैंक रु छ करोड २४ लाख ५३ हजार ८५०, स्वरोजगार लघुवित्त विकास बैंक रु पाँच करोड छ लाख ६५ हजार ४३३, एनएमबी बैंक रु चार करोड ३७ लाख १६ हजार ७००, लुम्बिनी जनरल इन्स्योरेन्स रु तीन करोड ६२ लाख ६४ हजार ३२१ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु तीन करोड ५५ लाख ६७ हजार ७३३ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।
यस्तै आज सेन्ट्रल फाइनान्स ९.९३, गुराँस लघुवित्त वित्तीय संस्था ९.८७, स्पर्श लघुवित्त वित्तीय संस्था ९.१४, स्वदेशी लघुवित्त वित्तीय संस्था ८.९२, कालिका पावर कम्पनी ८.०८ र ग्रीन डेभलपमेन्ट बैंकका शेयरधनीले ७.४६ प्रतिशतले कमाए । त्यस्तै, यूनाइटेड मोदी ३.५३, ज्योति विकास बैंक ३.०७, बरुण हाइड्रोपावर ३.०३, नेपाल फाइनान्स २.९६, जानकी फाइनान्स २.७३ र हिमालयन ऊर्जा विकास कम्पनी २.७२ प्रतिशतले गुमाए ।