फियोरेन्टिना विरुद्धको खेलमा मिलान पराजित

ज्ञानमाण्डू।इटालियन सिरी 'ए' फुटबल अन्तर्गत आइतबार राति भएको खेलामा एसी मिलानले फियोरेन्टिनासँग लज्जास्पद हार बेहोरेको छ । घरेलु मैदानमा भएको खेलामा प्रतिस्पर्धी फियोरेन्टिना विरुद्ध मिलान ३-१ को अन्तरले पराजित भएको छ ।
खेलको १४औं मिनेटमा इरिक पुल्गरको पेनाल्टी गोलबाट पाहुना टोली खेलमा अग्रता बनाएको थियो ।मिलानका माटियो पाब्लो मुसाकचियोले ५५औं मिनेटमा रेफरीको रातो कार्ड पाए पश्चात् मैदानबाट बाहिरिए पछि टोली मात्र दश खेलाडीमा सीमित भएको थियो ।
त्यसको फाइदा उठाउँदै ६६औं मिनेटमा गेइटानो क्यास्ट्रोभिल्लीले गोल गर्दै फियोरेन्टिनाको अग्रता दोब्बर पारे ।पुन ७८औं मिनेटमा रिवेरीले गोल गर्दै टोलीलाई ३-० को अन्तरमा पुर्‍याए। खेलको ८०औं मिनेटमा राफयल लियोले गोल गरे पनि मिलानलाई खेलमा फर्काउन भने सकेनन् ।

मिलानको यो चौथो हार हो । हारसँगै मिलानले ६ खेलमा मात्र ६ अङ्क जोडेको छ । मिलान लिगको १६ औँ स्थानमा छ । नवौँ स्थानको फियोरेन्टिनाको ८ अङ्क छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x