
ज्ञानमाण्डू। नेपाल राष्ट्र बैंकमा प्रशासन तथा प्राविधिक सेवा तर्फका देहायका पदहरुमा कार्यक्षमता मूल्यांकन तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नुपर्ने भएकोले नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली, २०६८ (तेस्रो संशोधन,२०७४ समेत) को विनियम ५२ बमोजिम २०७९ असार मसान्तसम्म बढुवाको लागि सम्भाव्य भएका उम्मेदवारहरुले बैंकको वेबसाईटमा CAREER भित्र रहेको Online Portal For Performance based Promotion and Internal Competition बाट मिति २०७९ असोज २ भित्र आवेदन पेश गर्न बैंकले आह्वान गरेकाे छ । रीत नपुगी आएका दरखास्तउपर कुनै किसिमको कारवाही हुने छैन । साथै, आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति गरिने पदहरुको लिखित परीक्षा लोक सेवा आयोगले सञ्चालन गर्नेछ ।
