ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ० दशमलव ०८ अंकले बढेर २७०० दशमलव ९८ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ० दशमलव ३६ अंकले घटेर ५११ दशमलव ३० को विन्दुमा पुगेको छ ।
आज कूल २२७ कम्पनीका ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर रु ३ अर्ब ६८ करोड ४० लाख ०९ हजार ९१५ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्य पाँच उपसमूहको शेयर ओरालो लागेका छन् । होटल तथा पर्यटन उपसमूह १८ दशमलव ४५ अङ्कले बढ्दा विकास बैंक उपसमूह १६.३२ अङ्कले, जलविद्युत उपसमूह ५.३७ अङ्कले, वित्त उपसमूह ४.८८ अङ्कले, अन्य उपसमूह शुन्य दशमलव ३३ अङ्कले, लघुवित्त उपसमूह १३.४ अङ्कले, जीवन बीमा उपसमूह ५२.४९ अङ्कले र लगानी उपसमूह शुन्य अङ्कले बढेका छन् । यता, बैंकिङ उपसमूह ३ दशमलव २२ अङ्कले, ट्रेडिङ उपसमूह ३९.५१ अङ्कले, निर्जीवन बीमा १४.३६ अङ्कले, उत्पादन उपसमूह ३५.२८ अङ्कले र सामूहिक लागनी कोष शुन्य दशमलव ०४ अङ्कले घटेकाे छ ।