ज्ञानमाण्डू।मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १८ गते, बुधबारका दिन १०औं वार्षिक साधारण सभा गर्ने भएको छ ।लघुवित्तको सो सभा बिहान ११ बजे पश्चात् पञ्चकन्या ब्याङ्क्वेट, बनेपा, काभ्रेपलाञ्चोकमा आरम्भ हुने लघुवित्तले जानकारी दिएको छ।
सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पूँजीको ९.१९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४८ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरी संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति गर्ने क्रममा वित्तीय संस्थाका तत्कालीन संस्थापक शेयरधनीलाई राखेर कल्स इन एड्भान्स रकमलाई संस्थापक शेयरधनीको चुक्ता पुँजीमा समायोजन गर्ने एजेन्डा रहेको छ।
विशेष प्रस्तावहरुमा मिर्मिरे लघुवित्त वित्तीय संस्थाले अन्य कुनै वित्तीय संस्थाहरुसंग एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
यसका साथै आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू र आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छलफल गरी पारित गरिने एजेण्डा कम्पनीको रहेको छ ।
साधारणसभा प्रयोजनका लागि लघुवित्तले चैत २८ गतेदेखि चैत ८ गते देखि चैत १८ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। यस अर्थ चैत ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।