नेपाल हाइड्रो डेभ्लपर लिमिटेडको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

नेपाल हाइड्रो डेभ्लपर लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर ११ गते, आइतबार साँझ ५:०० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई ५.२६३२ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।  
 
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. १ करोड ५९ लाख ९६ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र ०.२६३२ प्रतिशतले  हुन आउने रकम रु. ८ लाख ४१ हजार ९२१ रुपैयाँ ०५ पैसा बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ५.२६३२ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
 
प्रस्तावित लाभांश कम्पनीको आगामी बस्ने १६ औँ वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयर धनीहरूले प्राप्त गर्ने नेपाल हाइड्रो डेभ्लपर लिमिटेडले जानकारी दिएको छ ।
 
प्रस्तावित लाभांश गत वर्षको तुलनामा घटेको छ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल हाइड्रो डेभ्लपर लिमिटेडले चुक्ता पुँजीको ७ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.३६८४ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x