आज शेयर मूल्यमा सर्वाधिक वृद्धि तथा गिरावट भएका कम्पनीहरू



साताको चौथौँ कारोबार दिन नेप्से परिसूचक ८ दशमलव ११ अङ्कले घटेर २१५६ दशमलव २० को विन्दुमा कायम भएको छ ।

किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा ६.९६ प्रतिशतले वृद्धि हुँदा सो कम्पनीका लगानीकर्ताहरूले सर्वाधिक कमाएका छन् । ग्रीन डेभलपमेन्ट बैङ्क लिमिटेडका शेयरधनीहरुले ६.५८ प्रतिशत, बाराही हाइड्रोपावर पब्लिक लिमिटेडका शेयरधनीहरुले ३.४० प्रतिशत, बरुण हाइड्रोपावर कम्पनी लिमिटेडका शेयरधनीहरुले २.७९ प्रतिशत र बिशाल बजार कम्पनी लिमिटेडका शेयरधनीहरुले २.६२ प्रतिशतका दरले कमाएका छन् ।

यता, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरूले ६.४९ प्रतिशतले गुमाउँदा युनिलिभर नेपाल लिमिटेड ६.३३ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड-१ ५.४८ प्रतिशत, श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड ५.३१ प्रतिशत र पिपुल्स पावर लिमिटेड ४.४६ प्रतिशतले घट्दा यी कम्पनीहरूका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x