नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडका संस्थापक शेयरधनीले संस्थापक शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका केही संस्थापक शेयरधनीहरुले शेयर बिक्री गर्न लागेका हुन् ।
यसमा २०७९/११/२४ देखि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी संस्थापक शेयरधनीहरुलाई शेयर खरिद गर्न प्राथमिकता दिएको तर उक्त समयभित्र संस्थापक शेयर खरिद सम्बन्धी कुनै पनि लिखित जानकारी नआएको हुँदा नियमानुसार संस्थापक शेयरधनी बाहेक अन्य व्यक्ति वा संस्थाले खरिद गर्न इच्छा भएमा १३ वैशाखदेखि ७ दिने सार्वजनिक सूचना प्रकाशित गरेको सो बैङ्कले जानकारी दिएको छ ।
सो संस्थापक शेयर खरिदको लागि १३ वैशाखबाट ७ दिन भित्र नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्क लिमिटेडको शेयर शाखा लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी निवेदन पेस गर्न सक्ने सो बैङ्कले जनकारी दिएको छ ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैङ्कले संस्थापक शेयर बिक्री गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%