
सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले २ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको छ।
बैङ्कको हालै सम्पन्न आठौँ विशेष साधारण सभाले सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्दै उक्त अग्राधिकार शेयर निष्कासन गर्ने बाटो खुला गरेको हो। अब बैङ्कले नेपाल राष्ट्र बैङ्कको निर्देशनअनुसार प्रक्रिया पूरा गर्दै शेयर जारी गर्नेछ।
बैङ्कले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरका कुल २ करोड कित्ता ‘सिटिजन्स अबिमोच्य असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने योजना बनाएको छ।
यस अग्राधिकार शेयरमा वार्षिक ७.५ प्रतिशत लाभांश दर निर्धारण गरिएको छ। तर यो लाभांश वितरण कम्पनीले नाफा आर्जन गरेको अवस्थामा मात्र उपलब्ध हुने व्यवस्था रहेको छ।
सिटिजन्स बैङ्कले २ अर्ब रुपैयाँको अग्राधिकार शेयर जारी गर्ने, ७.५% लाभांश दर तोकियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
