सिटिजन्स बैङ्कको १४ लाख ४४ हजार भन्दा बढी संस्थापक शेयर बिक्रीमा


सिटिजन्स बैङ्क इन्टरनेशनल लिमिटेडले आफ्नो संस्थापक समूह अन्तर्गतका १४ लाख ४४ हजार ०८४.९३ कित्ता शेयर बिक्रीका लागि सार्वजनिक गरेको छ।

उक्त शेयर संस्थापक शेयरधनी रवीन्द्रमान सिंह प्रधानको स्वामित्वमा रहेको हो। बैङ्कले नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार उक्त शेयर खरिदका लागि पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिएको जनाएको छ।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रति कित्ता १०६ रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवेदन दिन सक्ने छन्। आवेदन काठमाडौँको नारायणहिटी पथस्थित बैङ्कको केन्द्रीय कार्यालयमा पेस गर्न सकिने व्यवस्था गरिएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई समेत बिक्री खुला गरिने बैङ्कले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x