
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। संस्थाको सञ्चालक समितिको फागुन २४ गते बसेको सञ्चालक समितिको १६९ औँ बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि नगद तथा बोनस शेयरसहित कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको जनाएको छ।
उक्त बैठकले चालु आर्थिक वर्षको वित्तीय विवरण पारित गरी आवश्यक स्वीकृतिका लागि नेपाल राष्ट्र बैङ्कमा पेस गर्ने निर्णय पनि गरेको कम्पनीले जानकारी दिएको छ।
फरवार्ड माइक्रोफाइनान्सले लाभांश वितरण नगर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
