सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८० साल भाद्र ३१ गते, आइतबारका दिन बसेको सञ्चालक समितिको ४२८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व.२०७९/०८० को मुनाफाबाट २०८० अषाढ मसान्तको चुक्ता पुँजीको ५.७९ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७९/०८० खुद मुनाफाबाट कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ००६ रुपैंयाको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२ रुपैँया बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको साधारण सभाबाट स्वीकृत भए पश्चात् मात्र वितरण गर्ने सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले जानकारी दिएको छ ।
सिटिजन्स बैङ्क इन्टरनेसनलको लाभांश प्रस्ताव, कति दिँदै छ नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
