पोखरा फाइनान्सका ग्राहकलाई सिद्धार्थ होटलमा १० प्रतिशत छुट

पोखरा फाइनान्स लिमिटेडका ग्राहकले सिद्धार्थ होटल, नारायणगढमा फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट पाउने भएका छन् । पोखरा फाइनान्स र सिद्धार्थ होटल, नारायणगढबिच ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार पोखरा फाइनान्सका खातावालाले पोखरा मोबाइल बैङ्किङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा होटलमा उपलब्ध फूड तथा बेभरेज सेवामा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको यस सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x