इम्पेरमेन्ट चार्ज बढेसँगै महुली लघुवित्तको नाफा र ईपीएस घट्यो

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा ७८.२७ प्रतिशतले घटेकाे छ । आ.व. २०७८/७९ को पहिलाे त्रैमास सम्ममा लघुवित्तले २ कराेड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/८० को चौथो त्रैमास सम्ममा लघुवित्तले ५८ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । इम्पेरमेन्ट चार्ज बढेपछि लघुवित्तको नाफा घटेकाे हो।

२८ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको महुली लघुवित्तले ४ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, लघुवित्तले १ अर्ब ६९ करोड रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा ३२ करोड ६३ लाख रुपैयाँ रहेको छ।

महुली लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४.४७ प्रतिशतले घटेर ७ करोड ३३ लाख रुपैयाँ पुगेको छ। लघुवित्तमा निष्क्रिय कर्जा अनुपात २.२५ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ २६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ ६६ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू १०५५ काे आधारमा मूल्य आम्दानी अनुपात १२७.७२ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x