नबिल बैंकद्वारा एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन

nabil bank

ज्ञानमाण्डू। नबिल बैंकले प्रदेश नं. १ स्थित बैंकको शाखा कार्यालय अन्र्तगतका साना तथा मझौला ग्राहकहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि गर्ने हेतूका साथ क्षमता अभिवृद्धि तथा उद्यमशीलता तालिम संचालन गरेको छ । बैंकले आफना ग्राहकवर्गहरुको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश गरी नेपाली उत्पादनको प्रर्वद्धनमा जोड दिने लक्ष्य राख्दै सोही क्षेत्रका विज्ञ श्री सूमन शाक्य लाई प्रशिक्षकको रुपमा आमन्त्रित गरी उक्त तालिम आयोजना गरेको र उक्त तालिम कार्यक्रम नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलो प्रयासको रुपमा रहेको जनाएको छ ।

मिति २०७८ फाल्गून २७ मा इटहरीमा आयोजित उक्त तालिम कार्यक्रममा बैंकका ४० भन्दा बढी साना तथा मझौला ग्राहकहरूकाे उपस्थिति रहेको थियो । करिब चार घण्टा संचालन गरिएको उक्त कार्यक्रमको समीक्षा गर्दै सहभागी ग्राहकहरुले यस किसिमको तालिमले आफनो व्यवसायिक क्षमता वृद्धिको लागी अतिनै उपयोगी भएको साथै एक आपसमा अनूभव तथा ज्ञानकाे आदान प्रदान भएको महशूस गरेको कूरा जानकारी गराए ।

नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तारका साथै बैंक र ग्राहक बिचको द्विगो सम्बन्धलाई लक्षित गर्दै यस किसिमको तालिम आयोजना गरेको र आगामी दिनमा समेत यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरिने कूरा नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघूवित्त विभागका प्रमूख श्री निरज कूमार बस्नेत डनिलले बताउनु भयो । साथै, यस्ता किसिमका ग्राहकमूखी कार्यक्रमहरु संचालन गरी बैंकले नाफारहित बैंकिङ्गकाे अवधारणा अनूरुप आफ्नो दिगाे बैंकिङ्गको लक्ष्य प्राप्ती गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x