सुदूरपश्चिममा टेलिकमको इन्टरनेट सेवा अवरुद्ध

ज्ञानमाण्डू।सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित इन्टरनेट सेवा (एडिएसएल) अवरुद्ध भएको छ । 

अप्टिकल फाइबरमा आएको खराबीका कारण यहाँको इन्टरनेट सेवा आज बिहानदेखि अवरुद्ध भएको टेलिकम दिपायल राजपुरका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिए । चौधरीका अनुसार, बुटवलमा अप्टिकल फाइबरमा खराबी आएकाले इन्टरनेट सेवा अवरुद्ध भएको हुँदा सेवा सुचारु गराउन प्राविधिक टोली परिचालन भैसकेको जनाए।

इन्टरनेट सेवा अवरुद्ध भएपछि बैङ्किङ कारोबारसमेत प्रभावित भएको छ । सुदूरपश्चिमप्रदेशमा पटक पटक नेट सेवा अवरुद्ध हुँदा यहाँका स्थानीयलाई निकै सास्ती हुने गरेको छ ।

सिम कार्ड निःशुल्क 
नेपाल टेलिकमको डोटी स्थित दिपायल राजपुर कार्यालयले ३०० जनालाई अति द्रुत गतिको इन्टरनेट सेवा फोर जी सेवाको सिम कार्ड निःशुल्करुपमा वितरण गरेको छ ।

जिल्लामा केही हप्ता पहिलेदेखि फोर जी सेवा सुरु भएपछि उक्त कार्यालयले पहिलो पटक दिपायलको प्रमुख व्यापारी केन्द्र पि पल्ला बजारमा ३०० जना नागरिकलाई निःशुल्करुपमा फोर जी सिम कार्ड वितरण गरेको नेपाल टेलिकमको डोटी स्थित दिपायल राजपुर कार्यालयका प्रमुख केशवराज भट्टले बताए । “इन्टरनेटमा सबैको पहुँच होस् भनेर हामीले निःशुल्क सिम कार्ड वितरण गरेका छौँ, अधिकांशले लिएका छन् ।” , कार्यालय प्रमुख केशवराज भट्ट।रा.स.स  


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x