आइएमई जेटीआई टेनिस टुर्नामेन्ट शुरु

ज्ञानमाण्डू। आइएमई जेटीआई ग्राण्ड जुनियर एकल ओपन टेनिस प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ ।  आइएमई ग्रुपको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत आइएमई फाउन्डेसनको आयोजनामा गतवर्षदेखि हुँदै आएको प्रतियोगितामा यसपटक पोखरा बुटवल लगायत देशका अन्य स्थानबाट १ सय ११ जना प्रतिष्पर्धीहरू सहभागी हुनेछन् । 

कूल ३२६,००० (अक्षेरुपी तीन लाख छब्बिस हजार) पुरस्कार राशिको उक्त एकल प्रतियोगिताको उद्घाटन आइएमई फाउन्डेसनका अध्यक्ष तथा आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकाल, काठमाडौं टेनिस संघका उपाध्यक्ष गोपाल दास मानन्धर, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार डा. इन्द्रजीत राई र  टेनिस संघका पुर्व अध्यक्ष हेम लामाज्यूले संयुक्त रुपमा  सोमबार दशरथ रङ्गशालामा गरेका छन् । 

८ वर्षदेखि १४ वर्षसम्मका वालबालिकाहरुले भाग लिने उक्त प्रतियोगिता शनिबारसम्म दशरथ रङ्गशालामा संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x