आइएमई पेबाट धरहरा भ्रमणको टिकट भुक्तानी सुरु

नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे" अब धरहरा भ्रमणको निम्ति टिकट भुक्तानी पार्टनरको रूपमा रहनेछ । नव निर्मित धरहरामा गत  संविधान दिवसको दिनदेखि प्रवेशमा शुल्क लागु गरिएको थियो।

केन्द्रीय आयोजना कार्यान्वयन इकाई (आवास तथा भवन)द्वारा सञ्चालित धरहराको वेबसाइट मार्फत सेवाग्राहीहरूले अनलाइन टिकट खरिद गर्न सक्नेछन्। टिकट खरिद गर्न भ्रमण मिति, समय र टिकट सङ्ख्या बुक गरी भुक्तानी गर्ने बेला आइएमई पे छनोट गरी  टिकट बुक गर्न सकिनेछ ।

परम्परागत वित्तीय सेवालाई डिजिटलाईज गर्दै आउने क्रममा आइएमई पेले विभिन्न भुक्तानी सेवाहरूलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरूलाई थप लाभ प्रदान गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x