
हाल देशका विभिन्न भूभागमा मनसुनी तथा स्थानीय वायुको प्रभाव सक्रिय देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ भने पश्चिमी भागमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव परेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थुप्रै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ। यसबाहेक, कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने अनुमान गरिएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा मौसम अझै चिसो रहनेछ। विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। बाँकी पहाडी तथा हिमाली क्षेत्रहरूमा पनि एक दुई स्थानमा यस्तै अवस्था देखिनेछ।
आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बादल लाग्नेछ। रातको समयमा पनि कोशी, मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ। यीमध्ये केही स्थानहरूमा भारी वर्षाको जोखिम पनि रहेको महाशाखाले जनाएको छ।
देशभर मौसम बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
