
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टा मात्र बन्द हुने भएको छ । विभिन्न पूर्वाधार निर्माण गर्नका लागि कात्तिक २३ देखि दैनिक १० घण्टा बन्द हुँदै आएको त्रिभुवन विमानस्थल आगामी माघ १५ देखि ८ घण्टा मात्र बन्द हुनेछ ।
त्रिभुवन विमानस्थलमा निर्माणका कामको गति बढिरहेका कारण यात्रु सहजताका लागि उडान समय बढाइएको हो ।
हाल त्रिभुवन विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुने गरेको छ भने आगामी माघ १५ देखि बिहान ७ बजे खुलेपछि राति ११ बजे बन्द हुनेछ।
त्रिभुवन विमानस्थल: माघ १५ देखि दैनिक ८ घण्टा मात्र बन्द
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
